• दोहोरिएका पर्यटन मन्त्रीले भने राहत र उद्धार केन्द्रीत हुन्छाैँ

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानु भक्त ढकालले पर्यटन क्षेत्रको विकास र विस्तार भन्दा पनि उद्धार र राहतमा केन्द्रीत हुनेगरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालयमा पदभार ग्रहण गरेसँगै उनले कर्मचारीलाई निर्देशन दिँदै कोभिड १९ कारण थला परेको पर्यटन व्यवसायले राहत पाउनेगरी नीति बनाउन निर्देशन दिए । उनले नीति र बजेट दुबै प्रभावकारी हुने गरी तयारी गर्न निर्देशन दिए । 

    मन्त्री ढकालले  पशुपति अार्यघाटमा कोभिड १९ संक्रमित भएका शव दाहसंस्कारमा संलग्न हुने कर्ममचारीलाई प्रोत्साहन भत्तास्वरूप एक हजार रूपैयाँ दिने निर्णयको फाइल सदर गरे । यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरेको भए पनि पशुपति अार्यघाटमा शव दाहासंस्कारमा सहभागी हुने कर्मचारी परेका थिएनन् । अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन।

    निशेधाज्ञाको कारण मानिसहरु घर भित्र छन्, टेलिकमले कस्त‍ो सुविधा दिइरहेक‍ो छ ।
    निषेधाज्ञा केन्द्रित अफरमा प्रय‍‍ोग कर्ताको कत्तिको आकर्षण पाउनु भएको छ

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय