![](https://741709.44tlv.group/wp-content/uploads/2025/01/Lumbini_Mayadevi_temple-80x100.jpg)
![](https://741709.44tlv.group/wp-content/uploads/2023/03/ija-768x696-1-768x445-1.jpg)
काठमाडौं । स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा काठमाडौंको अध्यक्षमा पुष्करराज पाण्डे निर्वाचित भएका छन् । शाखाको मंगलबार राजधानीमा भएको छैटौं साधारणसभा तथा पाँंचौ अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँं कार्यसमिति चुनिएको हो ।
शाखाको उपाध्यक्षमा सावित्री वस्नेत, सचिवमा कृष्णराज तिमिल्सिना, सहसचिवमा अनिल पाण्डे र कोषाध्यक्षमा रीता श्रेष्ठ प्रधान चुनिएका छन् । निर्वाचित पदाधिकारीलाई केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले अविर तथा फुलमाला प्रदान गरी बधाई दिएका थिए । यस अघि अधिवेशनको उदघाटन केन्द्रिय अध्यक्ष बास्तोलाले गरेका थिए । न्यूज कारखाना
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](http://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)
सिफारिस
लोकप्रिय