

काठमाडौं । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा पाँच जना पूर्व सचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रकरणमा संलग्न तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । ललिता निवास जग्गा हिनामिना प्रकरणमा १७ पूर्व सहसचिवसहितका कर्मचारी जोडिएका छन् । उनीहरू विरुद्ध यसअघि पनि पक्राउ पुर्जी भएको प्रहरीले जनाएको छ ।
पक्राउ पूर्जी जारी भएका तत्कालीन सहसचिवमध्ये सुधीर शाह हिरासतमा छन् भने कलाधर देउजा अदालतको आदेशबाट छुटेका छन् । बाँकी आरोपितको खोजबिन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
