

काठमाडौं । नेपाली बजारमा केहि दिनयता लगातार सुनचाँदीको भाउ ओरालो लागिरहेको छ । आज (मंगलबार) पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर तोलामा एक लाख ५९ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन तोलामा एक लाख ६० हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस
लोकप्रिय