• टीकाथलीमा बोरिङ गर्ने क्रममा निस्कियो आगोको ज्वाला

  • काठमाडौं । ललितपुरको टीकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला निस्किएको हो । स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । तर आगो निभेको छैन । आगो ननिभेकाले बोरिङ गर्ने काम रोकिएको छ ।

    ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीले बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको जानकारी आएको बताएका छन् । तर त्यसको विस्तृत विवरण भने नआइसकेको उनले बताए । ‘त्यहाँ अलि सिनियर टोली नै पठाएर बुझ्ने काम भइरहेको छ,’ रेग्मीले भने । एक स्थानीयका अनुसार करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको हो ।

    यद्यपि यसको कारण वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी छ । भूमिगत ग्यासको कारण त्यहाँ आगोको ज्वाला निस्किएको अनुमान गरिएको छ । घटनास्थलमा अहिले ललितपुर महानगरको टोली र प्रहरीको टोली पुगेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नरहरी रेग्मीले जानकारी दिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय