त्यो फोनको घन्टी र छिमेकी बुवा
अहिले सबैको चासो र चिन्ता कोरोना नै छ । डर र त्रासमा कतिले मानवीयता समेत भुलेको देखिन्छ । कतिले यस्तो बेला निकै ठूलो मानवीय धर्म गरिरहेको पनि हामीले पाएका छौँ । कसैले भोकोलाई खाना खुवाएको छ । कतिपयले अक्सिजन र अक्सिमिटर, मास्क र स्यानिटाइजर वितरण गरिरहेको देखिन्छ ।
यस्तै काममा सक्रिए भएको पायौँ प्युठानबााट आइ हाल काठमाडौं टोखामा बस्ने दुर्गा पोखरले । उनीसहितको सक्रियतामा प्युठान समाजबाट जिल्ला अस्पताल प्युठानलाई किट, प्युठानको झिमरूक गाउँपालिकामा किट एक्स्रे पठाइएको रहेछ । त्यति मात्रै होइन समस्यामा परेका छिमेकी एक संक्रमितलाई राख्नको लागि आफ्नो घरमा छत ‘आइसुलेसन सेन्टर’का रुपमा रुपान्तरण गरेका पनि रहेछन् ।
अनुभव
कोभिडस संक्रमण बढ्दोदरमा थियो, कहिले आफन्त, कहिले छिमेकी, कहिले साथीभाइ संक्रमित भएको खबर सुनिनै रहन परेको थियो ।
२ साताअघि बिहान करिव ५.५३ बजे मेरो श्रीमतीको फोनमा टिनिन् फोनको घण्टी बज्यो यो फोन सुन्दा जस्तो नरमल थिएन । मिसेसले आत्तिदै भनिन उताको बुवा ( घर छिमेकी टोखा) ले तपाईलाई फोन दिन भन्नु भएको छ ।
‘बाबू यहाँ लिलालाई ‘संक्रमित’ ज्वरो आइ राती सास फेर्न गाह्रो भयो ‘कोरोना….’ साै रोकिएला जसरी उहाँले भन्नु भयो । उहाँ अत्याइले मलाई निकै नरमाइलो लाग्यो छिमेकी दुख सुखमा साथ दिने व्यक्ति ।
उहाँहरूलाई नआत्तिन आग्रह गरेर २ वटा मास्क लगाएर त्यहा गए ।
विरामी – लिलाराज चौलागाई टाउको दुख्ने, सासफेन गाह्रो हुने हुने र घाटीमा थुक निल्न गाह्रो हुने समस्या रहेछ । त्यहाको बुवाआमा अति नै आत्तिनु भएको रहेछ । मैले न अतीनु होस् कोरोना मलाई पनि भएको हो भनि सान्तवना दिदै थिए ।
उहाँहरू बस्ने एक तले सानो घर । संक्रमित र संक्रमित नभएर कसरी बस्ने एउटै ट्ववाइलेट उहाँले चिन्ता दायर गर्नु भयो । मैले सबै व्यवस्था गर्ने कुरा निश्चिन्त पारेर डाक्टरसँग परामर्श गर्न थाले ।
हस्पिटलमा पनि अवस्था भयावह थियो आइसुलेसन पाइदा राम्रो हुने थियो आइसोलेसन खोजिमा निकै लागियो १/२ वटा अर्को दिन खाली हुने खबर त आयो तर दिनको ५० हजार ‘बाफ्रे’ सामान्य परिवारले कसरी त्यति ठूलो रकम तिर्न सक्छ । हामीले आफ्नै घरको छतलाई ‘आइसुलेसन’ को रुपमा रुपान्तरण गर्ने निर्णय लियौ अर्थात उहाँलाई छतमा रहेको कोठामा राख्ने निर्णय हामीले लियौ । बरु बच्चाबच्चीलाई सतर्क रहन भन्यौ ।
कोभिडको बिरामी खानु पर्ने पोसिलो खाना आयुर्वेदिक औषधि सबै हामीले उहाँले लिन मिल्ने ठाउमा राखिदियौ ढुक्क भएर बस्न आग्रह गर्यौ । केही त्रासहरू नहुने कुरा भएन तर मानवीयता भन्दा अर्को ठूलो धर्म केही छ भन्ने हामीलाई लागेन । हरेक साझा बिहान दिन उहाँको स्वास्थ्य प्रति हाम्रो चासो रह्यो । भाग्यवस उहाँलाई १५ दिनको दिन रिपोर्ट नेगेटिभ पनि आयो ।
कोरोना कहर सचेत र सतर्क हुन आवश्यक छ तर संक्रमितलाई छिछि दूरदूर गरेर होइन सक्दो सहयोग र सम्न्वयन गरेर कोभिडविरुद्धको लडाइमा विजयी हासिल गर्ने सकिने लाग्यो ।
कोरोना संक्रमित हुनु कुनै अपराधको फल होइन टोल समाज सुरक्षित गर्न सहयोगी भावनाको विकास पनि आवश्क छ ।