आजदेखि सातै प्रदेशमा लगाइन थालेको छ । सुरुमा ६० देखि ६४ वर्ष उमेर समूहकालाई मात्र लगाइने भनेकामा केही जिल्लामा १८ वर्षभन्दा माथिकालाई पनि लगाइने उल्लेख गरिएको छ ।
चीनबाट अनुदानमा प्राप्त कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरिउको हो । तिब्बतसँग सीमा जोडिएका जिल्लामा १८ वर्षमाथिकालाई यो खोप लगाइने भएको छ ।
हिमाली जिल्लाका ५५ देखि ५९ वर्ष उमेर समूहका पहिलो डोज नलागाएकालाई पनि यो खोप लगाउन प्रथमिकता दिन भनिएको छ ।
खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीका नर्सिङ्ग तथा प्यारामेडिक्स र बिरामीको जाँचमा प्रत्यक्ष सहभागी हुनेहरूलाई पनि पहिलो डोज दिइने छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय