गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले नियुक्ति भएको एक साता नपुग्दै सदनमा विश्वासको मत देखाउन चाहेका छन् । नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त पोखरेलको आउँदो असार ४ गते शुक्रबार विश्वासको मत लिने भएको छ। उनी २९ जेठमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त भएपछि सांसद सङ्ख्या ५९ कायम भएको छ । मुख्यमन्त्री पोखरेलले सरकार जोगाउनको लागि अब ३० जना सांसदको विश्वास प्राप्त गरे पुग्नेछ । विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्को कार्य विभाजन, विस्तार गर्ने तयारी सरकारले गरेको छ।
संविधानको धारा १६८ (५) अनुसार बनेको सरकारले उपधारा ६ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार छ ।
विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयमा मंगलबार नै दर्ता भइसकेको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।