राष्ट्रिय पुनर्निर्माण प्राधिअन्तर्गतका ३ सय प्राविधिक आन्दोलित भएका छन् । असारमसान्तसम्म केही र त्यसपछि धेरै दरवन्दी काटिन खोजिएकोले आन्दोलनमा जानू परेको गुनासो गरेका संघर्ष समितिका अध्यक्ष भैरव धितालले गरे ।
उनीहरुले स्पष्ट विकल्प रहदारहदै हटाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । साबिकको जिल्ला शिक्षा कार्यालयमा रहेर काम गरेका उनीहरूलाई पुननिर्माणको काम गर्न ३१ जिल्लामा सिमित गरिएको थियो । अहिले ३१ जिल्लाको काम सकिएपछि घर जाउ भनेकोले उनीहरू आन्दोलित भएका छन् ।
प्राधिकरणले नियुक्ति नदिइ शिक्षा मन्त्रालय मातहत भर्ना भएकोले प्राधिकरणको काम सकिएपछि शिक्षा मन्त्रालय मातहतका जिल्ला शिक्षा समन्वयन इकाईमा व्यवस्थापन गर्नु पर्ने उनीहरूको भनाइ छ । पहिला पनि हरेक जिल्लामा २/३ जनाको दरले इन्जिनियर र सवइन्जिनीयरले काम गरेका थिए । `भूकम्पपछिको पुनर्निर्माणमा हामीलाई यता आएर काम गर भन्ने जब काम सकिन्छ अनि घर जाउ भन्ने कुरा कति न्यायसंवत छ?´ धितालले भने ।
उनीहरूले २८ जेठमा उनीहरुले मन्त्री मोहन बानियाँलाई ज्ञापनपत्र समेत बुझाएका थिए । प्रधानमन्त्री कार्यालयले शिक्षा मन्त्रालयसँगको समन्वयनमा समस्या समधान गर्ने प्रतिवद्धता गरेको थियो । मन्त्री बानियाँले बेरोजगारलाई रोजगारी दिने नीति सरकारको भएकोले काममा रहेका कसैले चिन्ता लिन नपर्ने बताएका थिए ।
तर पुननिर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीले आन्दोलन गर्नेको करार भंग गरेर निकाल्न निर्देशन दिएको आरोप लगाएका छन ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।