• कोपा अमेरिका : रोड्रिगेजको एक गोल, जसले उरुग्वेविरुद्ध अर्जेन्टिनालाई जितायो

  • कोपा अमेरिका अन्तर्गत शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले जित हात पारेको छ । उरुग्वेविरुद्धको खेलमा अर्जेन्टिनाले १-० को जित हात पारेको हो ।

    खेलको १३ औं मिनेटमा अर्जेन्टिनाका गुइडो रोड्रिगेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । उनको गोलमा कप्तान लियोनल मेसीले असिस्ट गरेका थिए । रोड्रिगेजले हेडिङमार्फत् गरेको सोही गोल नै निर्णायक गोल बनेको थियो ।

    कोपा अमेरिकाको समूह ‘बि’मा रहेको अर्जेन्टिनाले समूह चरणको दुई खेल खेलेको छ । यसअघि चिलीसँग बराबरी खेलेर १-१ अंक बाडेको अर्जेन्टिनाले उरुग्वेलाई हराएसँगै ३ अंक जोडेको छ । जम्मा ४ अंक बनाएको अर्जेन्टिना समूहको शिर्ष स्थानमा छ ।

    पहिलो खेल खेलेको उरुग्वेले हार बेहोर्नु पर्यो । दुई खेल हारेको बोलिभियालाई पछि पार्दै उरुग्वे समूहको चौथो स्थानमा छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय