• ग्रिजम्यानको गोलले हंगेरीसँग हारबाट जोगियो फ्रान्स

  • काठमाडाैं। युरोकप फुटबलको समूह एफमा रहेका फ्रान्स र हंगेरीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। समूह चरणको दोस्रो खेलमा साबिक उपविजेता तथा २०१८ को विश्वकप विजेता फ्रान्सलाई हंगेरीले बराबरीमा रोकेको हो ।

    पहिलो हाफको अतिरिक्त समयमा हंगेरीका अत्तिला फिओलाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको ६६ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई हारबाट जोगाए।

    खेलमा फ्रान्सले अधिकांश समय बलमाथि नियन्त्रण कायम गरेपनि गोल गर्न सकेन। फ्रान्सका १० वटा प्रहारलाई हंगेरीका गोलरक्षक पिटर गुलाक्सीले बचाएका थिए।

    पहिलो खेलमा फ्रान्सले जर्मनीका माट ह्यमल्सको आत्मघाती गोलमा जित निकालेको थियो। फ्रान्सले समूहमा ४ अंक जोडेर शीर्ष स्थानमा छ भने पोर्चुगल दोस्रो स्थानमा छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय