![](https://741709.44tlv.group/wp-content/uploads/2025/01/Lumbini_Mayadevi_temple-80x100.jpg)
![](https://741709.44tlv.group/wp-content/uploads/2021/06/sandeep-lamichhane.jpg)
नेपाली लिग स्पिनर सन्दिप लामिछानेले सिन्धुपाल्चोकको लिदि पहिरोपीडितलाई सहयोग गरेका छन् । उनले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई घर बनाउन आवश्यक सामग्री सहयोग गरेका हुन् ।
आज चौतारा पुगेर सो सहयोग जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एंव प्रमुख अरुण पोखरेललाई लामिछानेले हस्तान्तरण गरे । हस्तान्तरण गरिएका सामग्रीमा जस्ता, फलामे ट्रस, पोललगायत चार लाख बराबरका सामान छन् । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार विपद व्यवस्थापन समितिको पहल मार्फत बाह्रबिसे, बासखर्क र भोटेकोसीमा १०० वटा टहरा बनाउने लक्ष्यअनुसार उक्त सामग्री प्राप्त भएको जानकारी दिए ।
त्यसैगरी लामिछानेको टोलीले मेलम्ची बाढीबाट प्रभावितका लागि मेलम्चीमा स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](http://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)