मुम्बई । एजेन्सी – अक्षय कुमारको नयाँ फिल्म बेल बटमको रिलिज मिति सरेको छ । यो फिल्मको रिलिज मिति यतीबेला फेरी सारेर आगमी १३ अगष्ट पु¥याईएको छ ।
यस अघि यो फिल्मलाई २७ जुलाईमा रिलिज गर्ने भनिएको थियो । भारतमा कोरोनाको सँक्रमण घट्दै गएका कारण आगामी अगष्टमा सिनेमा हल खुल्ने बताइएको छ । यस्तै सोही कारण भारतको गणतन्त्र दिवसको अबसर पारेर आगामी १३ अगष्टमा यो फिल्मलाई रिलिज गर्न लागिएको अभिनेता अक्षय कुमारले बताएका छन् ।
अक्षयको भनाईमा यो फिल्म देशभक्ति भावनाले ओतप्रोत रहेको छ । फिल्म फिल्मलाई २७ जुलाईमा रिलिज गर्ने भनिए पनि त्यो मितिमा देशका सबै ठाउँमा सिनेमा हल खुल्ने सम्भावना कम रहेकाले १३ अगष्टलाई सारिएको पनि उनले बताएका छन् ।
भारतमा अहिले व्यापक रुपमा कोरोना भाईरस विरुद्धको भ्याक्सिन लगाउने क्रम जारी रहेको छ । कोरोनाको सँक्रमण पनि घट्दो छ । लकडाउन हटेर धमाधम बजार खुल्न थालेका कारण अगष्टबाट सिनेमा हल पनि खुल्ने भएका छन् । त्यसैले फिल्म हल सञ्चालकहरुले बेल बटमलाई रिलिज गर्ने माग गरेका छन् । सोही माग बमोजिम अहिलेको अबस्थामा चुनौती मोलेर भए पनि यो फिल्म आफुहरुले रिलिज गर्न लागेको अक्षयको भनाई छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।