• ओली सरकारको तेस्रो बजेट ८० प्रतिशत मात्रै खर्च

  • काठमाडाैं। भर्खरै बहिर्गमन भएको केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको तेस्रो बजेट ८० प्रतिशत मात्रै खर्च भएको छ। १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेटमा ११ खर्ब ८० अर्ब रुपैयाँ मात्रै खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

    यो सरकारले ल्याएको पहिलो बजेट १३ खर्ब १५ अर्ब रुपैयाँमध्ये ११ खर्ब १० अर्ब र दोस्रो बजेट १५ खर्ब ३२ अर्ब मध्ये १० खर्ब ९४ अर्ब रुपैयाँको मात्रै खर्च भएको थियो।

    चालु वर्षमा चालु खर्चतर्फ विनियोजन गरिएको ९ खर्ब ४८ अर्ब रुपैयाँमध्ये ८९ प्रतिशत अर्थात ८ खर्ब ५१ अर्ब रुपैयाँ खर्च भएको छ।

    पुँजीगत खर्चतर्फ त जम्मा ६४ प्रतिशत खर्च भएको छ। विकासको लागि प्रयोग हुने यस्तो बजेट ३ खर्ब ५२ अर्ब मध्ये २ खर्ब २७ अर्ब रुपैयाँ मात्रै खर्च भएको हो।

    वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब रुपैयाँ बजेट तोकेकोमा १ खर्ब ९७ करोड रुपैयाँ मात्रै खर्च भएको महालेखाको तथ्यांकमा छ।

    खर्च भएको रकममध्ये असार महिनामा मात्रै करिब २३ प्रतिशत खर्च भएको छ। असारमा २ खर्ब ६४ अर्ब रुपैयाँ खर्च भएको छ। पुँजीगत खर्च त असारमा करिब ३८ प्रतिशत भएको छ। खर्च भएको २ खर्ब २७ अर्बमध्ये असारमा मात्रै करिब ८५ अर्ब खर्च भएको हो।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय