प्रदेशसभाबाट बजेट पास हुन नसकेपछि लुम्बिनी सरकारले अध्यादेशमार्फत बजेट ल्याएको छ । आज बिहान बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो ।
प्रदेशसभाबाट बजेट पारित नभएपछि सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गएराति १२ बजे प्रदेशसभाको चालु अधिवशेन अन्त्य गरेका थिए ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । ४० अर्ब ९५ करोड ९७ लाखको बजेट संसदमा पेश गरिएको थियो । बजेट संसदबाट हुन् नसकेपछि अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याइएको हो ।
यसअघि कर्णाली प्रदेशले पनि अध्यादेशबाट बजेट ल्याएको थियो । प्रदेश सरकारले यही असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको आगामी आव २०७८/०७९ को बजेट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले एक महिनासम्म पारित गर्न नदिएपछि अध्यादेशमार्फत बजेट जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको प्रदेश सरकारका प्रवक्ता सीताकुमारी नेपालीले बताएकी थिइन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।