काठमाडौं। इंग्लिस क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि हात पारेको छ। स्पेनिस क्लब भियारियललाई पेनाल्टी सुटआउटमा ६-५ ले हराउँदै पश्चिच लण्डन क्लब चेल्सीले सिजनको पहिलो उपाधि जितेको हो।
विन्डाेरस पार्कमा भएकाे खेलकाे निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटकाे खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलकाे निर्णय पेनाल्टी सुटआउटबाट लिइएकाे थियो।
खेलकाे २७ औं मिनेटमा हाकिम जियाचको गोलबाट चेल्सीले अग्रता लिएको थियो । ७३ औं मिनेटमा जेरार्ड मोरेनाेले भियारियालका लागि बराबरी गाेल गरे।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका केपा अरिजाबालागाले भियारियालका कप्तान राउल अल्बिओल र अईसा मान्डीकाे प्रहार राेकेका थिए।
चेल्सीका काई हाभर्टसकाे पहिलाे पेनाल्टी भियारियलका गाेलकिपर सर्जियाे असेन्जाेले बचाएपनि त्यसपछि चेल्सीका सबै खेलाडीले गोल गरे।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।