• अफगानिस्तानका राष्ट्रपति प्रति अमेरिकी राष्ट्रपतिको आक्रोश

  • काठमाडौँ । अमेरिकी सेना फिर्ता भए लगत्तै अफगानिस्तान पुनः विद्रोही समूह तालिबानको कब्जामा पुगेपछि यति बेला अमेरिकी राष्ट्रपति जो बाइडेनको चौतर्फी आलोचना भइरहेको छ । यसबीच बाइडेनले देशको नाममा सम्बोधन गरेका छन् । उनले भने, ‘अफगानिस्तानको स्थिति अचानक बदलियो । यसको असर अन्य देशमा पनि पर्‍यो । तर, आतंकवादविरुद्ध हाम्रो लडाइँ जारी रहनेछ ।’

    ‘हाम्रो सैनिकले ठूलो त्याग गरेका छन् । अफगानिस्तानमा भरोसाको सङ्कट छ । अमेरिकाका हरेक नागरिक त्यहाँबाट सुरक्षित घर फर्काउन हामी प्रयास गरिरहेका छौँ । मानिसहरू हामीमाथि प्रश्न उठाइरहेका छन् । उनीहरूले अफगानिस्तान छाडेर जाने उनीहरूका राष्ट्रपति अशरफ गनीसँग पनि प्रश्न गर्नुपर्छ । हाम्रो सेनाले थप जोखिम उठाउन सक्ने थिएनन् । आशा गर्छौँ त्यहाँको स्थिति फेरि राम्रो हुनेछ,’ उनले थपे ।

    अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाउने आफ्नो निर्णयको बचाउ गर्दै उनले भने, ‘हामीसँग दुई विकल्प थिए । पहिलो – तालिबानसँग भएको सम्झौता लागू गर्ने र सेना फिर्ता बोलाउने । दोस्रो – कयौँ हजार सैनिक त्यहाँ पठाउने र युद्ध जारी राख्ने । अफगानिस्तानका नेताहरूले हतियार बिसाएर देश छोडेर भागे ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय