• शाही र वली पदमुक्त नभएसम्म लुम्बिनी प्रदेशसभा चल्न दिदैनौँ : एमाले

  • नेकपा (एमाले) ले आफ्नो पार्टीले कारवाही गरेका प्रदेशसभाका दुई जना सदस्य पदमुक्त भएको सूचना नदिँदासम्म बैठक चल्न नदिने बताएको छ ।

    आज सभामुख पूर्णबहादुर घर्तीलाई भेटेर माग पूरा नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने माग दो¥याएको हो । सभामुखले पठाएको पत्रको प्रतिक्रियास्वरुप फेरि अर्को पत्र बुझाएको एमाले लुम्बिनीका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । सभामुखले पठाएको पत्र आचरणविपरीत छ भनेर ध्यानाकर्षण गराउन फेरि पत्र बुझाएको र दुई सदस्यलाई कारवाही गर्नुपर्ने अडान यथावत् राखेको उनले बताए।

    यसअघि भदौ १ गते एमालेले सभामुखलाई पत्र बुझाउँदै प्रदेश अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारवाही गरिएको सूचना दिन माग गरेको थियो । सभामुखले भने, “कारवाही गर्न नमिल्ने जवाफ फर्काउनुभएको थियो । सभामुखको प्रतिक्रियापछि एमालेले दोस्रो पत्र बुझाएको हो ।”

    भदौ १ गतेदेखि नवौँ अधिवेशन शुरु भए पनि विपक्षी दल एमालेले लगातार अवरुद्ध गर्दै आएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय