• राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक, आदर्शको डिजाइन छनोट

  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार क्यानले विज्ञप्तिमार्फत क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको जानकारी गराएको हो ।

    जर्सीको प्रायोजक खोज्ने जिम्मा पाएको एडप्याडले खुल्ला आवेदनबाट क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो । आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई नेपाली क्रिकेट टिमको नयाँ जर्सीका रुपमा प्रयोग गर्नेछ ।

    नयाँ जर्सीलाई माइ सेकेण्ड टिचर्सका सहप्रमुख शुलभ बुढाथोकी र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सार्वजनिक गरेका हुन् । जर्सीको डिजाइनको विजेता आदर्शले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

    यसअघि क्यानले सार्वजनिक गरेको जर्सीमा क्यान पदाधिकारीबाटै विरोध भएपछि जर्सी छनोट खुल्ला गरिएको थियो । जसमा ५०० बढी डिजाइन आवेदन आएको थियो ।

    जर्सीको अन्तिम टुंगो लगाउनका लागि क्यानले बोर्ड सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र माइसेकेण्ड टिचरबाट आशिष सिग्देल रहेको चार सदस्यीय समिति गठन गरेको थियो ।

    आइसीसीको गाइडलाइन अनुसार नै नयाँ जर्सी डिजाइन भएको बताइएको छ । डिजाइन फाइनल भएपछि उक्त जर्सी मंगलबार ओमान जाने नेपाली टिमले लगाउने छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय