१२औँ जनगणनाका कार्यक्रम स्थगित भएका छन् । तथ्यांक विभागले वैशाख २६ देखि सुरु गर्ने कार्यतालिका बनाएकोमा कोरोनाको कारण देखाउदै बन्द गरेको हो ।
विभागले वैशाख २६ गतेदेखि जेठ १४ सम्मको तालिका बनाएको थियो । प्रत्येक व्यक्तिको घरपरिवार सूचीकरण फाराममार्फत घर र घरसम्बन्धी विवरण, परिवारका सदस्य संख्या, परिवारको कृषिसम्बन्धी ऋण, बैंक खाता, सरकारी अनुदान, घर निर्माण, व्यावसायिक तालिमसम्बन्धी विवरण संकलन गरिने कार्यक्रम थियो ।
नेपालमा विक्रम संवत १९६८ देखि जनगणना गर्ने काम सुरु भएको हो । विक्रम संवत् २०७८ को राष्ट्रिय जनगणना नेपालको १२औँ जनगणना हो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय