एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत पेरिस सेन्ट जर्मेन ९पिएसजी० मा अनुबन्ध भएका फरवार्ड लिओनेल मेस्सीले क्लबबाट डेब्यु गरेका छन् ।
आइतबार राइम्सविरुद्ध खेलका दौरान दोस्रो हाफमा मैदान प्रवेश गर्दै मेस्सीले डेब्यु गरेका हुन् । उनले राइम्सको मैदानमा उपस्थित दर्शकसामु ६६ औं मिनेटमा नेयामारको स्थान लिँदै पिएसजीबाट पहिलो खेल खेलेका हुन् । मेस्सीले यससँगै बार्सिलोना बाहेक कुनैपनि टोलीबाट पहिलो खेल खेले ।
यद्यपि राइम्समाथि पीएसजीको २–० को जितमा दुवै गोल एमबाप्पेले गरेका थिए । पहिलो गोल १६ औं मिनेटमा सम्भव भएको थियो । डी मारियाको क्रसलाई उनले हेडरमार्फत जाली चुमाएका थिए । ६३ औं मिनेटमा अक्रफ हकिमीको क्रसमा गोल गर्दै जितनजिक पुर्याएका थिए ।
मेस्सी आउने खबरले स्टेडियम खचाखच भरिएको थियो । मेस्सी खेल्ने पक्का हुनुअघि ६ हजार मात्र टिकट विक्री भएको मैदानमा २० हजारको उपस्थिति रहेको थियो । मेस्सीले केहि समय मात्र खेलेपनि समर्थकहरु डेब्यु हेर्न सफल रहे ।
पिएसजीले समग्रमा ४ खेलमा १२ अंक जोडेको छ । मेस्सीले आफ्नो करिअरमा बार्सिलोनाबाट खेल्दै ६ पटक ब्यालोन डी’ओर जितेका थिए । उनी आफ्नो ६ सय ७२ गोलको संख्यालाई पिएसजीमा सुधार्न चाहन्छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।