काठमाडौं । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ ।
शुक्रबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई १–० ले हराउँदै लगातार सातौं जित हात पारेको हो ।
ब्राजिलको जितमा एभर्टन रिबिरियोले खेलको ६४ औं मिनेटमा निर्णायक गोल गरे।
विश्वकप छनोटमा लगातार ७ खेलमा शतप्रतिशत जित हात पारेको ब्राजिल २१ अंकसहित समूहको शीर्ष स्थानमा छ। चिली ६ अंक जोडेर सातौं स्थानमा छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गतका अन्य खेलमा उरुग्वे र पेरु तथा कोलम्बिया र बोलिभियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अर्को खेलमा इक्वेडरले पाराग्वेलाई २–० ले हराएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय