काठमाडौं। आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा अमेरिकाले नेपाललाइ जितका लागि २३१ रनको लक्ष्य दिएको छ।
विकेट किपर ब्याट्सम्यान मोनांक पटेलको शतकीय पारीमा अमेरिकाले पहिलो एक दिवसीयमा नेपाललाई २३१ रनको चुनौति दिएको हो।
निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै अमेरिकाले २३० रन बनायो ।
अमेरिकाको इनिङमा मनांकले उत्कृष्ठ प्रदर्शन गरे। उनले ११४ बलमा ९ चाैका र १ छक्कासहित १०० रन बनाएर आउट भए ।
नेपालका सन्दीप लामिछानेले २ तथा विक्रम सोब, करण केसी, सुसन भारी र कुशल मल्लले समान १–१ विकेट लिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय