एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंबीच वार्ता हुने भएको छ।
अमेरिका, अस्ट्रेलिया र बेलायतबीच भएको ओकस सम्झाैताका कारण फ्रान्स रूष्ट बनेको छ। उसले अमेरिका र अस्ट्रेलियाबाट राजदूत समेत फिर्ता बोलाउने निर्णय गरेको छ।
यो घोषणा फ्रान्सले वासिङ्टन र क्यानबेराबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको एक दिनपछि आएको हो ।
अमेरिका–अस्ट्रेलियाको गोप्य वार्तापछि फ्रान्सेली पनडुब्बी खरिदका लागि गरेको अर्बाैं डलरको सम्झौतालाई रद्द गर्ने अस्ट्रेलियाले निर्णय लिएको थियो। तर यो निर्णयले फ्रान्सलाई घात गरेको भन्दै फ्रान्सेली अधिकारीहरूले सम्झौताको विरोध गरेका छन् ।
प्रवक्ता गाब्रिएल अट्टालले बीएफएम समाचार च्यानलसँग भने, ‘आगामी दिनमा फोनवार्ता हुनेछ ।’ यस वार्ताका लागि बाइडेनबाट प्रस्ताव आएको उनले बताए।
म्याक्रोंले अमेरिका–अस्ट्रेलिया–बेलायत रक्षा सम्झौताबारे अमेरिकी राष्ट्रपतिसँग
छलफल गर्नेछन्। त्रिपक्षीय सम्झौतापछि क्यानबेराले अमेरिकी आणविक शक्ति भएका पनडुब्बीहरू किन्नेछ । यसका कारण यसअघि अष्ट्रेलियाले सम्झौता गरेको डिजल–इलेक्ट्रिक फ्रान्सेली जहाजहरू किन्ने ठूलो सम्झौता रद्द हुनेछ ।
‘हामी स्पष्टीकरण चाहन्छौं’, अट्टलले भने। अमेरिकाले ‘ठूलो विश्वास घात’ जस्तो देखिएको कुराबारे जवाफ दिनुपर्ने उनले बताए।
यसअघि आइतबार अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले ‘केही महिनाअघि’ भएको सम्झौताप्रति चिन्ता उठाएको भन्दै क्यानबेराले सम्झौता रद्द गर्ने आफ्नो योजनाबारे ढाँटेको भन्ने फ्रान्सको आरोपको खण्डन गरेका थिए।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।