

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
शनिबारसाँझ भएको खेलमा चेल्सी म्यानचेस्टर सिटीसँग १–० ले स्तब्ध बनेको हो।
चेल्सीको मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिससले दोस्रो हाफमा निर्णायक गोल गरे । खेलको ५३ औं मिनेटमा जिससले कान्सेलोको पासमा गोल गरेका हुन् ।
यो जितसँगै सिटीले ६ खेलमा १३ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सी ६ खेलमा १३ अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस
लोकप्रिय