![](https://741709.44tlv.group/wp-content/uploads/2025/01/Lumbini_Mayadevi_temple-80x100.jpg)
![](https://741709.44tlv.group/wp-content/uploads/2021/09/khukuri-knife-attack_20180606123458.jpg)
उच्च अदालत विराटनगरको गेटअगाडि एक युवकमाथि खुकुरी प्रहार गरिएको छ । अदालतको गेटअगाडि युवा व्यवसायी ३२ वर्षीय कमलसिंह रानामाथि आईतबार दिउँसो सवा १२ बजेतिर खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।
खुकुरी प्रहारबाट घाइते भएका रानाको विराटनगरस्थित विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।
विराटनगरस्थित वरिष्ठ अभिवक्ता सुरेशलाल श्रेष्ठको ल-फर्मबाट निस्किएर उच्च अदालतको गेटअगाडि पुगेपछि लामामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार खुकुरी प्रहारबाट लामाको हात, पेट लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।
घटनामा संलग्न भएको आरोपमा विराटनगरका विमल कार्की पक्राउ परेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](http://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)