

नेपाली कांग्रेस विराटनगर महानगरपालिको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन् । चौधौँैं महाधिवेशनका लागि भएको निर्वाचनमा आज घोषित अन्तिम परिणामअनुसार उनले निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मतअन्तरले पराजित गरेका हुन् ।
उपसभापतिद्वयमा इन्दु सुवेदी खतिवडा र नीरज कोइराला, सचिवद्वयमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवद्वयमा दिवस नेपाल र सचिन पोखरेल निर्वाचित भए । महानगरका ६८१ मतदातामध्ये ६६४ जनाले मतदान गरेका थिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस
लोकप्रिय