एजेन्सी। अफगानिस्तानको कुन्दुज प्रान्तमा रहेको एक शिया मस्जिदमा भएको आत्मघाती हमलामा ५० जनाको मृत्यु भएको छ । सो हमलामा अन्य १४० भन्दा बढी घाइते भएका छन् ।
एसोसिएटेड प्रेसले भने तालिबानका एक प्रहरी अधिकारीलाई उदृत गर्दै सो हमलामा करिब एक सय जना मारिएको जनाएको छ ।
अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि भएको यो सबैभन्दा भीषण हमला हो । शिया समुदायको शैय्यद अबद मस्जिदभित्र स्थानीय समयअनुसार १ः४० बजे शक्तिशाली विस्फोट भएको हो ।
शुक्रबारको नमाज पढ्न मानिसहरु भेला भएका बेला विस्फोट भएको हो । यो घटनाको कसैले जिम्मेवारी लिएको छैन ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय