प्रहरी र सुकुम्बासीबीचको झडपमा चार जनाको मृत्यु भएको बुटवलमा आज पनि कर्फ्यू जारी रहेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराज तिवारी आइतबार अपराह्न ४ बजेदेखि लागू भएको कर्फ्यू आज पनि जारी रहेको हो ।
जिल्ला प्रशासनले अर्को आदेश नभएसम्मका लागि आइतबार अपराह्नदेखि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुर, उत्तरमा शिवनगर रानीगञ्ज र दक्षिणमा धन्दापुर सौरहियासम्म कर्फ्यू लगाइएको छ ।
निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा बसेका सुकुम्बासीलाई हटाउने क्रममा आइतबार छडप हुँदा प्रहरीले चलाएको गोली लागेर चार जनाको मृत्यु भएको थियो ।
झडपमा परी घाइते भएका ५० जना प्रहरी र सुकुम्बासीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।