साफ च्याम्पियनसीपका लागि माल्दिभ्स भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरुले दसैँ मनाएका छन् । फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसहित अन्य सदस्यहरुले एक आपसमा टीका र जमरा लगाएर दसैँ मनाएका हुन् ।
अल्मुताइरीले ढाका टोपीमा सजिएर अन्य सदस्यबाट दसैँको टीका ग्रहण गरेका थिए । उनीहरूले फाइनल खेल जित्ने कामना गर्दै दसैँको टीका लगाएर विजयादशमी मनाएका हुन् ।
बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार नै भारतले मालदिभ्सलाई ३–१ ले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो । अब फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।