काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट बा–आमा गुमाएका दुई बालिकालाई भेटेका छन् । हिजो वेलुकी काठमाडौंको कागेश्वरी मनोहरा–२ आलापोट पुगेर पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अभिभावकविहीन बनेका दुई छोरीहरुलाई भेटेका हुन् ।
झाँक्रीको गाडीको ठक्करबाट ज्यान गुमाएका ३८ वर्षीय नारायण नगरकोटी र उनकी श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटीलाई श्रद्धाञ्जली अर्पण गर्न प्रचण्ड आलापोट पुगेका थिए । उनले दुःखको घडीमा परिवारजनलाई भेटेर सान्त्वना दिनका साथै नारायण र सानुमायाकी दुई छोरी गरिमा र अनुको अभिभावक बनेर रहने समेत प्रतिवद्धता गरेका छन् ।
नारायण नगरकोटी स्थानिय माओवादी नेता थिए । कार्तिक २८गते काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित साँखु–थली सडक खण्डमा झाँक्री भुजेलको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार नगरकोटी दम्पतीको निधन भएको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।