• सर्वोच्चको ‘फूल कोर्ट’

  • सर्वोच्च अदालतको पूर्ण बैठक आजलाई बोलाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट )बोलाएका छन् ।
    बैठकमा संवैधानिक इजलास गठन लगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार लगायतका विषयमा छलफल गर्न ‘फुल कोर्ट’को बैठक बोलाइएको हो ।

    संसद विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधानिक इजलासका न्यायाधीश विवादमा परेको छ । त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले इजलास नै विघटन गर्दै नियमावली संशोधन गरेर वरिष्ठताका आधारमा इजलास पुनर्गठन गर्ने प्रतिवद्धता गरेका थिए ।

    पूर्ण बैठकले अहिले देखिएको संवैधानिक इजलासको विवादलाई समाधान गर्ने सक्ने बताइएको छ । विविध विषयमा छलफल गर्न भन्दै बैठक बोलाइएको भएपनि दुई न्यायाधीशले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेपछि इजलासको विवादकै बारेमा छलफल हुने बताइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय