नेपाली सेनाले २०७२ साल भन्दा पछाडि सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त स्वास्थ्यकर्मीहरुलाई सेवामा फिर्ता बोलाउने तयारी गरेको छ ।
कोरोना संक्रमण बढ्दै जाँदा जनशक्तिको अभाव हुनसक्ने विश्लेषणका साथ सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई फिर्ता बोलाउने गरी तयारी गरेको हो ।
उनीहरुलाई सेनाले जुनसुकै बेला पनि बोलाइन सक्ने जनाएको छ । २०७२ साल पछि अवकाश पाएका स्वास्थ्य कर्मीको लागत संकलनमा सेना लागेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय