आईसीसी विश्व लिग–२ अन्तर्गत नेपालले अमेरिकासामू १७५ रनको समान्य लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर १७४ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे पनि अन्य ब्याट्सम्याले राम्रो खेल्न सकेनन् । उनले १०५ बलको सामना गर्दै ३ चौकाको मद्दतमा ५५ रन प्रहार गरे ।
ओपनर कुशल भुर्तेलले ४३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३६ रन जोडे भने नेपाली सिनियर टोलीका लागि डेब्यु गरेका गुल्सन झाले ५३ बलमा २ चौका र १ छक्काको मद्दतमा २८ रन बनाए ।
अमेरिकाका ४ कप्तान सौरभ नेत्रावाल्करले ४, काइल फिलिप्सले ३ विकेट हात पार्दा करिम गोर, इल्मोर हचिन्सन र नोस्थुशा केन्जिगेले समान १–१ विकेट हात पारे ।
यसैबीच नेपालका कप्तान ज्ञानेन्द्र मल्ल नेपालबाट एकदिवसीयमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् ।
उनले पूर्व कप्तान पारस खड्कालाई पछि पारेका हुन् । पारसले १० खेलमा १ हजार ३१५ रन बनाएका थिए । ज्ञानेन्द्रले १५ खेलमा १ हजार ३६७ रन बनाउँदै उनको कीर्तिमान तोडेका हुन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।