

काठमाडौं। आईसीसी विश्व लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १७५ रनको सामान्य लक्ष्य अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
अमेरिकाको जितमा उत्कृष्ठ प्रदर्शन गरेका ओपनर स्टिभन टेलरले ६३ बलमा १३ चौका र ३ छक्काको मद्दतमा ९२ रन जोडे । यस्तै मोनांक पटेलले ३८ र जसकरण मल्होत्राले ३६ रनको योगदान दिए।
नेपालका सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट हात पारे ।
एक दिवसीयमा अमेरिकाले नेपालविरुद्ध निकालेको यो पहिलो जित हो । यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको थियो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले १०५ बलको सामना गर्दै ३ चौकाको मद्दतमा ५५ रन प्रहार गरे ।
ओपनर कुशल भुर्तेलले ३६ रन, गुल्सन झाले २८ रन बनाए ।
अमेरिकाका ४ कप्तान सौरभ नेत्रावाल्करले ४, काइल फिलिप्सले ३ विकेट हात पार्दा करिम गोर, इल्मोर हचिन्सन र नोस्थुशा केन्जिगेले समान १–१ विकेट लिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
