

काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा पुगेको छ । शनिबार भएको खेलमा विराटनगर सिटी एफसीलाई ४–० ले हराउँदै ललितपुरले प्लेअफमा स्थान बनाएको हो ।
हारसँगै शीर्ष चारमा अटाउन नसकेको लिगबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा ललितपुरका लागि कप्तान अन्जन विष्टले दुई तथा विमल राना र नुर्लान जाहीले एक–एक गोल गरे ।
जितपछि लिगमा ६ खेलबाट ९ अंक जोडेको ललितपुर तेस्रो स्थानमा उक्लिदै शीर्ष चारमा स्थान पक्का गरेको छ । ललितपुरले अब एलिमिनेटर खेल्नेछ । यसअघि नै धनगढी एफसी र काठमाडौं रेजर्स एफसी प्लेअफ पुगिसकेका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस
लोकप्रिय